४ कार्तिक २०८३, बुधबार

गायक शिशिर योगीको ‘आमा’ सार्वजनिक (म्युजिक भिडियो)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन अर्थात मातृ औंशीको अवसर पारेर अर्जुन पराजुलीको शब्द, बीबी अनुरागीको संगीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो । मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा डा.आचार्यले गायक योगीको स्वरमा जादु रहेको बताए । अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै सशक्त रहेकाले गीत निकै राम्रो बनेको उनको भनाइ छ ।

गीतकार तथा कवि अर्जुन पराजुलीले संसारमा ‘आमा’ भन्ने शब्द सबैभन्दा प्रिय रहेको बताए । शिशिरको स्वर र बीबी अनुरागीको संगीतमा गीत राम्रो बनेको र गीतको भिडियो पनि मन छुने बनेको उनले बताए ।

मिलापका सम्पादक कृष्ण भुसाल, भकारी एमडीसीका अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापालगायतले आमा गीतका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

गायक योगीले गीत गाउँदा आफू धेरै चोटी भक्कानिएको बताए । ‘सार्वजनिक समारोहमा यो गीत गाउँने प्रयास गरेपनि गाउँन सकेको छैन’, योगीले भने । भिडियो सर्वाजनिक हुँदा उपस्थित सबै दर्शकका आखाँ रसाएका थिए ।

संजय पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा सरोज खनाल, रश्मी भट्ट, सुस्मिता कार्कीको अभिनय रहेको छ । चक्र महर्जनको छायाँकन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=Or5Nl18QqAE