५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंकले ल्यायो स्मार्ट मोबाइल बैंकिंङ एप्लिकेशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ बैशाख । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज सेवा प्रदान गर्ने क्रममा स्मार्ट मोबाइल बैंकिंङ एप्लिकेशन ल्याएको छ ।

सिभिल स्मार्ट मोबाइल बैंकिंङ एप्लिकेशनमार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीएसएल/डिसहोमको बील भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न सकिनेछ ।

सिभिल बैंकले हालसम्म दुई लाख भन्दा बढी ग्राहकहरु रहेको ३७ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ३६ अर्ब रुपैयाँको कर्जा लगानी गरेको छ । देशभर बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।