२ कार्तिक २०८३, सोमबार

मेगा बैंकले पायो पहिलो महिला सिइओ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ बैशाख । निजी क्षेत्रको वाणिज्य बैंकले पहिलोपटक महिला सिइओ पाएको छ ।

मेगा बैंकको सञ्चालक समिति बैठकले अनुपमा खूँजेलीलाई सिइओ नियुक्ती गरेको हो ।

अनिल शाह मेगाबाट बाहिरिएपछि अनुपमाले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा पुसदेखि कार्य सञ्चालन गर्दै आएकी थिइन् ।

यसअघिका सिइओ शाह मेगा बैंक छोडेर नबिल बैंकको कार्यकारी सिइओ भएका छन् । तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगामा पुगेकी थिइन् । यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशकमा कार्यरत थिइन् ।

आफूलाई वाणिज्य बैंकको नेतृत्व दिने सञ्चालक समितिको निर्णयप्रति आभारी रहेको अनुपमाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।