३० आश्विन २०८३, शुक्रबार

डाक्टर बनेर पाँच महिनादेखि अस्पताल घुसेका एक किशोर पक्राउ

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ४ बैशाख । भारतको एक प्रख्यातमा मेडिकल संस्थानमा करिव ५ महिनादेखि डाक्टरको रुपमा रहेका एक किशोरलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीय अद्नान खुरामलाई दिल्ली प्रहरीले डाक्टरको रुपमा अस्पतालमा बसेको भन्दै पक्राउ गरेको हो ।

दिल्लीस्थित इन्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेजको राजनीतिक क्षेत्रमा सक्रिय रहेका खुराम केही डाक्टर तथा मेडिकल विद्यार्थीहरुका साथी थिए । उनको इन्स्टाग्राम पेज (@Dr.Adnan_Khurram)मा स्टेथोस्कोप र मास्क लगाएको फोटो पोष्ट गरेपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले खुरान कुनै पनि मेडिकल तालिममा आबद्ध नरहेको पुष्टि गरेको छ । उनीसँग डाक्टरको लागि चाहिने कुनै पनि योग्यता नभएको र अस्पतालबाट पनि उनले कुनै पारिश्रमिक पाउने नगरेको प्रहरीले बताएको छ । उनी अस्पतालमा स्टाफ म्याराथुनमा भाग लिन आउने क्रममा पक्राउ परेका थिए ।

त्यहाँ कार्यरत डाक्टरहरुले उनलाई चाहिने भन्दा बढि फुर्सदिलो देखेपछि उनीमाथि शंका उब्जीएको बताएका छन् । त्यहाँ कार्यरत जुनियर डाक्टरहरुले पनि २० घण्टासम्म काम गर्नुपर्ने डाक्टरहरले बताएका छन् । प्रहरीका अनुसार खुरानले विभिन्न समयमा डाक्टरको रुपमा ठगी गर्ने गरेका थिए । सो अस्पतालमा आएका एक विरामी परिवारलाई छिटो उपचारको लागि भनसुन गरिदिने आश्वासन समेत दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पछि उनी डाक्टर नै बनेर अस्पताल घुसेको प्रहरीको भनाइ छ ।

सो अस्पतालमा हाल २ हजार जति डाक्टरहरु कार्यरत छन् । त्यसकारण पनि सबै डाक्टरहरुको ख्याल गर्नु गाह्रो रहेको अस्पताल प्रशासनले बताएको छ । –एजेन्सी