
काठमाडौँ, ४ बैशाख । एन आई सी एशिया बैंकले जारी गरेको ‘९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेद्वारा सोमबार सम्झौतामा हस्ताक्षर गरी सूचीकृत गरिएको छ ।
उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२’ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।
बैंकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको र जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको बैंकले जनाएको छ । बैंकले जारी गरेको ऋणपत्रको लागि शतप्रतिशत आवेदन परी सफलतापुर्वक बाँडफाँड हुनुले सम्पूर्ण सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको बैंकप्रति भरोसा एवं विश्वास गरेको रुपमा बैंकले लिएको छ ।
ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्वारा एल–ए क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।
बैंकका १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ । वासलातको आकार, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले बैंक निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।
साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।















प्रतिक्रिया