नयाँदिल्ली, ४ वैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले कलकत्ता नाइट राइडर्सविरुद्ध लज्जास्पद हार बेहोरेको छ ।
सोमबार राति सम्पन्न खेलमा दिल्लीले ७१ रनको फराकिलो हार बेहोरेको हो । २०१ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमै अलआउट हुँदै १ सय २९ रनमा समेटियो ।
उसका ग्लेन म्याक्सवेल ४७ र ऋशब पन्त ४२ बाहेकका नौ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । गौतम गम्भिर ८, जोसेन रोय १ रनमै आउट भ ए। कोलकत्ताका सुनिल नारायण र कुलदीप यादबले ३–३ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । उसका नितेश रानाले ५९ तथा आन्द्रे रसेलले १२ बलमा ४१ रनको विस्फोटक पारी खेलेका थिए । १२ बलको सामना गरेका उनले छ छक्का प्रहार गरेका थिए ।
यो दिल्लीको ४ खेलमा तेस्रो हार हो । १ खेल जितेको दिल्ली २ अंक सहित ७अौं स्थानमा छ । ४ खेलमा २ जित र २ हारसहित कोलकत्ता दोस्रो स्थानमा छ । – एजेन्सी















प्रतिक्रिया