५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया ग्रोथ फण्ड नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एनआईसी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट २०७४ पुष ११ गते निष्काशन गर्नका लागि अनुमति प्राप्त गरि २०७४ माघ २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको कम्पनीले जनाएको छ ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भई धितोपत्रको दोश्रो बजारमा कारोबार गर्न मिल्ने कम्पनीले बताएको छ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने कम्पनीको दाबी छ । एनआईसी एशिया ग्रोथ फण्ड दोश्रो बजारमा “NICGF” नाममा कारोबार हुने बताइएको छ ।

म्युचुअल फण्डसँगै एन आई सी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । एनआईसी एशिया क्यापिटलले निःशूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।