
काठमाडौँ, ३ बैशाख । तत्कालिन एपेक्स डेभलपमेन्ट बैैंकको कर्जा अनियमिततामा संलग्न भएको अभियोगमा निर्माण व्यवासायी पक्राउ परेका छन् । प्रहरीले क वर्गका निर्माण व्यवसायी मनोज भेटवाललाई सोमबार पक्राउ गरेको हो ।
उनले बैंकका कर्मचारी तथा सञ्चालकलाई प्रभावमा पारेर कमसल जग्गा धितो राखी ११ करोड ९० लाख कर्जा लिएका थिए । कर्जा चुक्ता नगरेपछि बैंक समस्यामा परेको थियो ।
केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सञ्चालकसहित २० जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । घोटलामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको सिआईबीले जनाएको छ । हाल एनसिसी बैंकमा मर्ज भएको एपेक्समा डेढ अर्ब रुपैयाँ अनियमितता भएको थियो ।
भेटवाल जलेश्जर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक हुन् । कम्पनीले पुरानो बसपार्कमा २९ तले ‘काठमाडौं भ्यू टावर’ बनाउँदै छ । तर, टावर बनाउन नभई अन्य कामका लागि कम्पनीले कर्जा लिएको थियो ।















प्रतिक्रिया