
काठमाडौँ, ३ बैशाख । जनता बैंक नेपाल लिमिटेडको शाखा विस्तारको निरन्तरता सँगै सोमबारदेखि बाँकेको कोहलपुर शाखाबाट पनि कारोवार शुरु गरेको छ ।
कोहलपुर नगरपालिका–११, बाँकेमा रहेको शाखा बैंकको १०८औं शाखा हो भने बाँके जिल्लाको दोस्रो शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ ।
कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सँगै जनता बैंकलेको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया