४ कार्तिक २०८३, बुधबार

पत्रकार नुतनको आवाजमा ‘सोलु खोला तरेर आज’ विमोचन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु । पत्रकार नुतन श्रेष्ठको आवाजमा रहेको ‘सोलु खोला तरेर आज’ भन्ने बोलको गीत विमोचन गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर सोलुखुम्बुस्थित नयाँबजारमा श्रेष्ठको आवाजमा रहेको गीत विमोचन गरिएको हो ।

जिल्लाको पत्रकारितामा एक दशभन्दा बढी पत्रकारितामा क्रियाशील रहेका श्रेष्ठ गीत संगीतमा पनि उत्तिकै पोख्त मानिन्छन् । जिल्लामा सामुदायिक रेडियो सोलु एफ एम सञ्चालन भएसँगै समाचार प्रमुख भएर पत्रकारितामा होमिएका श्रेष्ठले एक दशक पछि गीत रेकर्ड गराएका हुन् । उनी अहिले सोलु एफ एमको कार्यकारी निर्देशक र प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य छन् ।

गीतलाई प्रदेशसभा सदस्य सांसद बुद्धिकुमार राजभण्डारी, एमाले सोलुखुम्बुका जिल्ला सचिव हर्क नाछिरिङ राई, एमालेका नेता आङईगेले झलक शेर्पा, जिल्ला प्राविधिक कार्यलयका प्रमुख बुद्धिनारायण श्रेष्ठ, पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठ र सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले संयुक्त रुपमा विमोचन गरेका थिए ।

गीतमा स्वर्गीय सुधिर प्रधानको शब्द रचना, जसिहाङ राईको संगीत रहेको छ । संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् भने सम्पादन गंगाराम राईले गरेका छन् ।