३ कार्तिक २०८३, मंगलबार

‘ब्रेक थ्रु’ गर्ने मुडमा ‘प्रचण्ड’, सुकुटेबाट सिधै बालुवाटार आउँदै

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । वैशाख ९ गते हुने भनिएको पार्टी एकीकरणका विषयमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज वार्ता हुँदै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दश बजे ओली–दाहालबीच वार्ता हुनेछ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार दुई शीर्ष नेताको वार्ताका क्रममा ‘ब्रेक थ्रु’ हुनेछ । ओलीसँगको वार्ताका लागि दाहाल सुकुटेबाट सिधै बालुवाटार जाने सापकोटाले बताए ।

यसअघि आइतबार ओली र दाहालबीच भेट हुने भनिए पनि अन्तिम समयमा वार्ता रोकिएको थियो । दाहाल सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा आराम गर्न गएका थिए । ओली भने दाहाललाई कुरेर बालुवाटारमा बसेका थिए ।

दोस्रो तहका नेताहरूको दवावपछि ओली र दाहालवीच आज पुनः वार्ता हुन लागेको हो । दाहालले पार्टी एकीकरणमा ५०–५० प्रतिशतको भागबण्डाको कुरा अगाडि सारेपछि एमालेले सो प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।

सो प्रस्तावका कारण वैशाख ९ गते हुने भनिएको पार्टी एकीकरण केही पर धकेलिने हो कि भनेर आशंका बढ्न थालेको नेताहरू बताउँछन् ।