१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकको ३ शाखा रहित बैँकिङ सेवा शुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैँकिङ सेवा संचालनमा ल्याएको छ ।

मिति २०७४ चैत्र २८ गते बाँकेको बैजनाथ गाउँपालिका–५, बनकटुवा र बर्दियाको वासगढि नगरपालिका–१, बबई साथै २०७५ बैशाख २ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं–७, धम्पुस गरी ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा २ शाखा रहित बैँकिङ सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म १८ शाखा रहित बैँकिङ सेवा सुचारु भईसकेको बैकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

युकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैँकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।