
काठमाडौं, २ वैशाख । राजधानीको गोंगबुमा रहेको एक गेष्ट हाउसमा यौनकर्मी युवतीको हत्या भएको छ । उनको सनाखत हुन सकेको छैन । गुमनाम युवतीको चैत अन्तिम साता हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महाराजगन्ज प्रहरी वृतको टोलीले हत्या गरेको आरोपमा सल्यानको शारदा नगरपालिकाका २३ वर्षीय गोपाल शर्मालाई पक्राउ गरेको छ । मृत युवतीको अझै सनाखत हुन सकेको छैन ।
गत चैत २४ गते गोगंबुको न्यु भुनेश्वरी एन्ड अर्जुन पाहुनाघरको कोठाभित्र २३ वर्षीया युवतीको शव घाँटी र खुट्टामा कपडाले बाँधिएको अवस्थामा भेटिएको थियो । २३ चैतमा शर्मासँगै ति युवती गेस्ट हाउसमा गएकी थिइन् ।
शर्मासँग दुई हजार मागी कोठा आफैंले बुक गर्ने बताएर युवती गेष्ट हाउस छिरेकी थिइन् । शर्माले प्रहरीलाई दिएको बयानमा ‘सुरुमा १५ सय मात्र दिने बताएपनि पछि दुई हजार नै तिर्न तयार भएको’ बताए ।
‘तँजस्ता धेरै केटालाई मैले लुटेको छु । आफ्नै आमा र दिदीबहिनीसँग यौन सम्पर्क गर, मसँग हुँदैन’ भनेपछि शर्माले हत्या गरेको अनुसन्धानमा खुलेको छ । राती ९ बजेसम्म शर्मा र युवतीले मादक पदार्थ सेवन गरेका थिए ।
प्रहरीलाई दिएको बयानमा शर्माले घाँटी र खुट्टा थिचेर हत्या गरेको जनाएका छन् । मिस्त्रीको काम गर्ने शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको बुझिएको छ ।
मृतक युवतीका साथीको आधारमा ती युवतीले आफ्नो नाम रिया अधिकारी र घर चितवन भएको बताउँदै आएकी थिइन् ।















प्रतिक्रिया