४ कार्तिक २०८३, बुधबार

उम्मेर छिप्पिएका यी तीन अभिनेता

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड एक से एक हट एण्ड सेक्सी अभिनेत्रीले भरिएको छ । उनीहरू अभिनयको माध्यमले धेरैलाई आफू तिर खिच्न सफल छन् । सामान्य मानिस त परै जाहोस् बलिउड अभिनेता समेत उनीहरुको सौन्दर्यले मोहित भएका छन् ।

बलिउड करियर छोटो छ । विवाहपछि अभिनेत्रीको बलिउड करियर सकिन्छ । केहीले यसो समेत भन्ने गरेका छन् । बलिउडका केही अभिनेत्रीका सोँच भने अन्यभन्दा भिन्न पाइन्छ । किनभने उमेर धेरै भएपनि ति अभिनेत्रीले अहिले पनि विवाह गरेका छैनन् र उनीहरू अझै हट देखिन्छन् पनि । तीमध्य तीन अभिनेत्री ।

‘कहो ना प्यार है’ चलचित्रबाट बलिउड डेब्यु गरेकी अमीषा पटेल निकै सुन्दर र बोल्ड अभिनेत्री हुन् । उनले अभिनयको सुरुवात ऋतिक रोशनकासाथ गरेकी थिइन् । बलिउड अभिनेतासँग उनको अफियरको चर्चा कयौँ पटक बाहिर आए पनि । तर, उनले कसैसँग विवाह गरेकी छैनन् । पछिल्लो समय उनको फिल्मी करियर पनि राम्रो चलेको छैन । उनले केही हिट चलचित्र दिएकी छन् । जसमा गदर एक प्रेम कथा पनि पर्दछ ।

बंगाली अभिनेत्री राइमा सेन निकै ट्यालेन्ट र सुन्दर रहेकी छिन् । बलिउड चलचित्र अभिनयमा उनलाई खासै सफलता मिलेन । उनको सुन्दरताको त कुरै छाडौ । एक झलकमा जो कोही पनि पागल हुन सक्छन् ।

तब्बुमाथि बलिउमा विवाह र अफेयरलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । यद्यपि धेरैले तब्बुको विवाहका विषयमा सार्वजनिक रुपमा सोध्ने गरेका छैन् । तब्बु ४३ वर्षकी भएकी छन् । उमेर बढे पनि उनको सौन्दर्य झन् गाढा हुँदै गइरहेको छ । – एजेन्सी