४ कार्तिक २०८३, बुधबार

‘माग्ने बुढा’का यी हुन् रोचक र घोचक पक्ष

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०३२ सालमा जन्मिएका केदार घिमिरे अर्थात माग्ने बुढाले ०५८ सालदेखि कलाक्षेत्रमा लागेका हुन् ।

उनी अहिले ४२ वर्षमा लागेका छन् । ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका केदारले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुँदै ‘मेरी बाँस्सै’मा लगायतका टेलिफिल्ममा काम गरेका छन् । उनले हँसाएरै सबैलाई आफ्नो बनाएका हुन् । माग्नु बुढाले सबैलाई हँसाएर ललितपुरमा एउटा घर र गाडी किनेका छन् ।

भरखरै उनले ‘रामकहानी’ फिल्मका लागि साइने गरेका छन् । यो फिल्ममा माग्ने बुढाले १० लाख पारिश्रमिक लिएका छन् ।

माग्ने बुढाको पुर्ख्यौली थलो ललितपुरको प्युटार हो । उनी भने मकवानपुर ठिंगनको सिमातमा जन्मेका हुन् । उनका ३ जना दाजुभार्इ छन् । सन्तानका रूपमा उनका एक छोरा र एक छोरी छन् ।

माग्ने बुढा सात वर्षको हुँदा उनले आमा गुमाउनु फरेको थियो । आमालाई फोक्सोको क्यान्सर थियो । एसएलसीपछि उनले काठमाडौंमा कानून विषय पढेका थिए । तर, आइएल प्रथम र दोस्रो वर्षमा धेरैवटा विषय लागेपछि केदारले पढाइ नै छाडेका थिए ।

विवाहपछि केदारले कलाकार बन्ने सघंर्ष सुरू गरेका हुन् । विवाहअघि केदारले घरमा रंग लगाउने, टेम्पो चलाउने, फुटपाथमा पसल गर्ने तथा इलेक्ट्रोनिक सामान आदि बच्ने काम गरेको स्मरण गर्छन् ।

तितो सत्य र जिरे खोर्सानीमा काम गरेका केदारले चर्चा भने २०६२ सालमा सुरू भएको ‘मेरी बास्सै’मा गरेको ‘माग्ने बुढा’को भूमिकाबाट पाए । ‘मेरी बास्सै’बाट छुट्टिनु अघि उनले अर्का हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’सँग जोडी बनाएका थिए ।

सीतारामपछि उनले ‘तोक्मे बुढा’सँग जोडी बाँधेर स्टेजमा प्रस्तुति दिने गरेका छन् । केदारले दिनेश डिसी निर्देशित ‘६ एकान ६’बाट फिल्ममा डेब्यू गरेका हुन् । विल्सन विक्रम राई ‘तोक्मे बुढा’सँग मिलेर ‘खासखास खुशखुश’ सिरियल युट्युबबाट प्रसारण भइरहेको छ । केदारलाई तामाङ भाषा बोल्न आउँछ ।

सबैसँग मिलनसार व्यवहार गर्ने केदार घिमिरेको जीवन अहिले पनि उस्तै छ । सीताराम कट्टेल र कुञ्जना घिमिरेको व्यवहारबाट बेलाबेला केदारले चित्त देखाउने गरेका छन् । तर, उनले ती सबै कुरालाई भुलेर आफ्नो कला यात्रा सुरु गरेको निकटका साथीहरू बताउँछन् ।