१ कार्तिक २०८३, आइतबार

आइपीएलमा पञ्जावलाई नराम्रो झट्का, रोयल च्यालेञ्जरको जित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १ वैशाख । इण्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा बैंग्लोरले किङ्स इलेभेन पञ्जावलाई ३ विकेटले हराएको हो । पञ्जावले दिएको १ सय ५६ रनको लक्ष्य बैंग्लोरले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि एबी डी भिलियर्सले ५७ तथा क्वीन्टन डि ककले ४५ रन बनाउँदा मन्दीप सिंह २२ र विराट कोहली २१ रनमा आउट भए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पञ्जाव १९ ओभर २ बलमा अल आउट भयो । पञ्जावका लागि लोकेश राहुलले ४७ तथा रविचन्द्रन आश्विनले ३३ रन बनाए ।

के के नायरले पञ्जावका लागि २९ रन बनाए । दुबै टोलीको अब २ खेलबाट २–२ अंक भएको छ । – एजेन्सी