५ कार्तिक २०८३, बिहिबार

सानिमा बैंकले जेष्ठ नागरिकका लागि घरघरमै पुगेर सेवा दिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । सानिमा बैंकले नयाँ वर्ष २०७५ को अवसरमा जेष्ठ नागरिकलाई लक्षित गरि होम बैंकिङ सेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

सो सेवा अन्तर्गत घरै बसेर बैंकिङ सेवा लिन चाहने जेष्ठ नागरिकहरुले सुविधाजनक तथा झन्झट रहित सेवा लिन सक्ने बैंकले बताएको छ । यो सेवा विद्युतीय उपकरणको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर दैलोमा नै पुगेर प्रदान गर्नेछन् ।

यो सुविधा अन्तर्गत खाता खोल्ने ग्राहकलाई बचत र मुद्धतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी बैंकले बताएको छ । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुविधा प्रदान गर्ने सानिमा बैंकले नेपालमै पहिलो बैंक हो ।

हाललाई यो सुविधा काठमाडौँ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुने बताइएको छ । सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।