५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकद्वारा २०७५ सालको क्यालेन्डर सार्वजनिक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालद्वारा बैंकको आफ्नो रजिष्ट्रार कार्यालय, थापाथलीमा उक्त नयाँ सालको क्यालेन्डर सार्वजनिक गरिएको हो ।

क्यालेन्डर सार्वजनिक गर्दै बैंकका अध्यक्ष अग्रवालले नयाँ वर्ष २०७५ सालको अवसरमा सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट बैंकसँग जोडिएका सबैमा शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीश प्रसाद अग्रवाल, अन्य सञ्चालकहरु र बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लगायतका उच्च पदाधिकारीज्यूहरुको उपस्थिति रहेको थियो ।