४ कार्तिक २०८३, बुधबार

गायिकालाई गोली हानेर हत्या

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान । परिवारको गुजारा चलाउनका लागि विभिन्न समारोहमा गीत गाउने एक पाकिस्तानी गायिकाको गोली हानी हत्या भएको छ । गायिका गर्भवती रहेकाले उनीसँगै उनको पेटमा रहेको बच्चाको पनि सास रोकिएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा गएको मंगलबार २८ वर्षकी गायिका समीरा सिन्धुको गोली हानी हत्या भएको हो । घटनापछि गायक, गायिका तथा संगीतकारले प्रदर्शन गरेका छन् । उनीहरूले न्यायको माग गरेका छन् ।

सिन्ध प्रान्तको लरकाना शहर नजिकै रहेको गाउँको एक परिवारमा पारिवारिक उत्सवको उपलक्ष्यमा गायिका समीरालाई गीत गाउन बोलाइएको थियो । ८ महिनाकी गर्भवती उनले बसेर गीत गाएकी थिइन् ।

त्यहाँ रहेका एक व्यक्तिले उनलाई उठेर गाउन भएको र नमानेपछि गोली चलाएको आरोप छ । आरोपित व्यक्तिले आफूले हवाई फायर गरेको र गल्तीका कारण समीरालाई गोली लागेको बताएको छन् ।

समीराका श्रीमान् आशिक शम्मोले प्रहरीले उजुरी दिँदै समारोहमा रहेको व्यक्तिले उठेर गीत गाउन चेतावनी दिएको र उसैले गोली हानेको उल्लेख गरेका छन् । उठेर गाउन भनेका बेला समीराले आफू गर्भवती रहेकाले उभिन नसक्ने बताएकी थिइन् । त्यसपछि ती व्यक्तिले गोली चलाए ।

गोली चलाएको आरोपमा पक्राउ पवरेका तारिक जटोईले आफूले हवाई फायर गरेको बताएका छन् । घटनापछि प्रदर्शन गरिरहेका व्यक्तिले घटनास्थलमा अरु दुई व्यक्ति पनि रहेको र उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएको छ । त्यसमा समीरालाई धम्की दिएको सुनिएको छैन । तीन व्यक्तिले मञ्चमा गएर पैसा फालेको अनि केही बेरमा एक व्यक्ति मञ्चबाट बाहिर आएको र तीन राउण्ड गोली चलेको सुनिन्छ । समीरा त्यसपछि लडेको देखिएको छ ।

समीरा स्थानीय स्तरमा चर्चित गायिका हुन् । सिन्धी लोकगीत तथा सूफी गीतका गरी उनका ८ वटा एल्बम सार्वजनिक भइसकेका छन् । तर जीविकाका लागि उनले पारिवारिक कार्यक्रममा गीत गाउने गरेकी थिइन् । – एजेन्सी