काठमाडौं, ३० चैत । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादप् फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ ।
एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टि जनाएका हुन् ।
संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरूले प्रस्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनाई छ ।












प्रतिक्रिया