४ कार्तिक २०८३, बुधबार

ट्वाइलेटमा बसेर फलफूल खाने अभिनेता

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका ७६ वर्षीय अभिनेता जितेन्द्र ट्वाइलेटमा बसेर फलफूल खाने गर्छन् । यो उनको सानैदेखिको बानी हो । उनले अहिलेसम्म सुुधार्न सकेका छैनन् । उनको ट्वाइलेटमा दिनहुुँ ताजा फलफूल राखिएको हुन्छ ।

अभिनेत्री सुुस्मिता सेन खुुला आकाशमुुनि नुुहाउन मन पराउँछिन् । उनले आफ्नो घरको छतमा बाथटब बनाएकी छन् । उनी त्यहीँ नुुहाउँछिन् । उनलाई सर्पप्रति पनि विशेष प्रेम छ । केही समयअघि सुुस्मिताले पाइथन नामक सर्प पालेकी थिइन् ।

अभिनेत्री सन्नी लियोन हरेक १५ मिनेटमा गोडा धुुने गर्छिन् । उनी सुुटिङका क्रममा पनि गोडा धोइरहन्छिन् । उनले बच्चैदेखि आफूले पटक–पटक गोडा धुुने गरेको बताएकी छन् ।

बलिउडका बादशाह शाहरुख खानलाई फुुटवेयरको एलर्जी छ । त्यसैले उनी हत्तपत्त जुुत्ता फुुकाल्न चाहँदैनन् । कहिलेकाहीँ त उनी जुुत्ता लगाएरै सुुत्ने गर्छन् ।

अभिनेत्री करिना कपुुरको नङ टोक्ने बानी छ । उनलाई बच्चैदेखि यो बानी परेको हो । जति कोसिस गरे पनि अहिलेसम्म उनी यो बानीबाट मुुक्त हुुन सकेकी छैनन् ।

हलिउड सुुपरस्टार ब्राड पिट नुुहाउन निकै अल्छी गर्छन् । उनी हप्तामा मुुस्किलले एकपटक नुुहाउँछन् । अर्का हलिउड स्टार जोनी डिप हत्तपत्त कपडा फेर्न मन पराउँदैनन् । त्यसकारण उनी कहिलेकाहीँ त हप्तौंसम्म एउटै कपडामा देखिन्छन् । – एजेन्सी