५ कार्तिक २०८३, बिहिबार

प्रभु बैंकद्वारा टंगालमा शाखा स्थापना

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । प्रभु बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ टंगालमा शाखा स्थापना गरेको छ । नयाँ टंगाल शाखाको बैँकका सञ्चालक अम्बिका शर्मा लामिछानेले एक समारोहका विच बिहीबार उद्घाटन गरेकी हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।