१ कार्तिक २०८३, आइतबार

नयाँ वर्ष २०७५ को अवसरमा सामसङको नयाँ अफर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ चैत । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँवर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँ वर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँ वर्षको अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोक्ताहरुलाई लक्षित गरी यस योजना नयाँ वर्षको उपहारको रूपमा प्रस्तुत गरिएको छ । उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक, वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा Unlimited Internet + Net TV सेवा प्रदान गर्ने भएको छ । ३२ इन्चदेखि ४३ इन्चसम्मको सामस ङस्मार्ट टिभीको खरिदमा अब उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक तथा ६ महिनाको लागि १०MBPS को Unlimited Internet + Net TV सेवा पाउनेछन् ।

त्यसैगरी, ४९ इन्चदेखि ५५ इन्चसम्मको Flat स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक सहित ६ महिनाको लागि २५ MBPS को Unlimited Internet + Net TV सेवा प्राप्त गर्नेछन् । साथै, ५५  इन्च Curved र त्यसमाथिको श्रेणीका SUHD  र QLED को खरिदमा १२ प्रतिशत क्यास ब्याक सहित १ वर्षको ५०MBPS Unlimited Internet + Net TV  सेवा उपभोक्ताहरुलाई दिइनेछ । अन्य HD  र  FHD टिभीको खरिदमा भने उपभोक्ताले अधिकतम खुद्रा मूल्यमा १५ प्रतिशत पक्का क्यास ब्याक पाउनेछन् ।

माथि उल्लेखित सेवासँगै उपभोक्ताले सामसङको सबै Single Door Refrigerators तथा Double Door Refrigerators का केही मोडेलहरुमा ११–१५ प्रतिशतको छुट पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी नयाँ Washing Machine, FlexWash को खरिदमा Free Samsung Air Purifier र रु ५००० बराबरको २२ किलो डिटर्जेन्ट उपलब्ध छ । साथै अन्य Top load & Front load Washing machines को अधिकतम खुद्रा मूल्यमा १० प्रतिशतसम्म क्यास ब्याक पाइनेछ ।

आफ्ना उपभोक्ताहरुलाई कदर गर्दै उनीहरुको बढ्दो चाहना पूरा गर्ने सामसङको लश्यसहित नव वर्षको शुभारम्भको अवसरमा यस योजना ल्याइएको हो । नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा अधिकृत विक्रेतामा उपलब्ध यो अफर १३ मे २०१८ सम्म लागू गरिएको छ ।