
काठमाडौँ, २८ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुधबार बीरगंजमा सम्पन्न अठारौं बार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२८.५३ (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ ।
बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय ४८ रुपैयाँ हुनेछ । यसैगरि साधारण सभाबाट कम्पनीको अधिकृत पूँजी आठ अर्ब कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।
अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कूल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
साथै उनले बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समुहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक तथा फराकिलो बन्ने बिश्वास व्यक्त गरे ।
सभाबाट आर्थिक वर्ष २०७३÷०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरुस्वीकृत भएको छ ।
यसैगरि, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको कम्पनी सचिव ओमप्रकाश पुडासैनीले जानकारी दिए ।















प्रतिक्रिया