५ कार्तिक २०८३, बिहिबार

श्रम फारमका नाममा अवैध रकम असुलिरहेका ३० ‘दलाल’ पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ चैत । श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका ३० जना वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडिबाट पक्राउ परेका छन् ।

सेवाग्राही बनेर सादा पोशाकमा गएका प्रहरीहरुले ठगी गरिरहेको अवस्थामा बुधबार ३० जनालाई रंगेहात पक्राउ गरेको प्रहरीको अपराध अनुसन्धान महाशाखा टेले जनाएको छ ।

श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नामामा उनीहरूले पाँच सयदेखि दुई हजार पाँँच सयसम्म असुल्ने गरेका छन् । यसअघि पनि ३५ जना ‘दलाल’ पक्राउ परेका थिए ।

दैनिक एक दुईजना समातिने गरेको भए पनि सामूहिक रूपमा यति धेरैजना समातिएको यो दोस्रो पटक हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराधको मुद्दा लगाउने गरेको छ ।

गोकर्ण विष्ट श्रम तथा रोजगारमन्त्री भएसँगै ‘दलाल’हरुको निद हराम भएको छ । मन्त्री विष्टको निर्देशनमा यसअघि विना दरबन्दी हाजिर गरिरेहका कर्मचारीहरुले रमाना बुझेका थिए । श्रम कार्यालयमा हुने भ्रष्टाचा र अनियमिताप्रति मन्त्री विष्ट कडा रुपले प्रस्तुत भएका छन् ।