काठमाडौं, २८ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
चैत २७ गतेका दिन यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमन पराजुलीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया