५ कार्तिक २०८३, बिहिबार

कतार एयरवेजद्वारा रुसको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको शेयर खरिद

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ चैत । कतार एयरवेजले रुसको तेस्रो ठूलो विमानस्थल मस्कोको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको कुल शेयरको सम्भावित २५ प्रतिशतसम्म खरिद गर्ने सम्झौता गरेको छ । हस्ताक्षर समारोह बुधवार ४ अप्रिलमा दोहाको ओरिक्स रोटाना होटलमा भएको थियो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थल जेएससी बोर्डका अध्यक्ष विटली वान्ट्सेवसँगै सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । साथै उक्त कार्यक्रममा भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलका वाणिज्य उपप्रमुख एन्टन कुजनेट्सोवको पनि उपस्थिति रहेको थियो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘हामी रूस र कतार राज्य बीचको सांस्कृतिक वर्ष मनाउने क्रममा, भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावित २५ प्रतिशतसम्मको शेयर खरिदको लागि भएको सम्झौता घोषणा गर्न धेरै उत्साहित छौँ । गत वर्षको अन्तमा सेन्ट पीटर्सबर्गसम्मको हाम्रो प्रत्यक्ष सेवा र साथै दैनिक तीन उडान सेवाको सुरूवातसँगै यस लगानीले उक्त देशसँग स्थापित भएको हाम्रो सम्बन्धलाई अझ प्रगाढ गर्ने कुरामा हामी विश्वस्त छौँ ।’

स्काइट्रेक्सद्वारा २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित कतार राज्यको यस राष्ट्रिय विमान सेवाले २०१८÷२०१९ सत्रमा लण्डन, ग्याट्विक एवं कार्डिफ, बेलायत; लिस्बन, पोर्चुगल; टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया; डा नाङ, भियत्नाम; बोड्रुम र एनटल्या, टर्की; माइकोनोस, ग्रीस र मालागा स्पेनजस्ता नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्नेछ ।

कतार एयरवेज, कतार राज्यको राष्ट्रिय वाहकले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ । एयरलाइनले २०१८ मा थेस्सालोनिकी, ग्रीस र कार्डिफ, बेलायत सहित अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउने योजना बनाएको छ ।