
काठमाडौं, २७ चैत । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवार देखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।
पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आईरहेको छ । व्यवसाय प्रबद्र्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यमको रुपमा रहेको छ । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपालले भृकुटीमण्डप प्रर्दशनीहलमा उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।
‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ आयोजना हुन लागेको उक्त एक्स्पोको उद्घाटन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले गर्ने कार्यक्रम रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार, एक्स्पोमा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । साथै, मेलामा जम्मा ८२ वटा स्टल रहने छन ।
जसमध्ये १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीको, ४ वटा ल्याण्डस्केपिङ्गका, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल रहने श्रेष्ठले उल्लेख गरे ।















प्रतिक्रिया