मुम्बई । भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । आँखा झिम्काएर चर्चामा आएकी वारियरलाई कारबाहीको माग गरेर मुद्दा दायर भएको हो ।
इस्लाम धर्ममा आँखा झिम्क्याउनु धर्मविपरित भएको भन्दै प्रियाविरुद्ध अदालतमा मुद्धा दायर गरिएको समाचारमा उल्लेख ।
उनको भिडियो क्लिप सार्वजनिक भएको केही क्षणमा भारत लगाएतका विभिन्न देशमा भाइरल भएको थियो ।
हैइदरावादका दुईवटा पार्टीले उनीविरुद्ध सर्वोच्चमा निवदेन दर्ता गराएका छन् । प्रियाको चर्चाका कारण उनलाई बलिउडमा इन्ट्री दिने चर्चा पनि भएको थियो । – एजेन्सी















प्रतिक्रिया