२ कार्तिक २०८३, सोमबार

सनराइजर्सको धमाकेदार सुरुवात, राजस्थान ९ विकेटले पराजित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २७ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको जारी ११ औँ संस्करणमा सनराइजर्स हैदरावादले शानदार सुरुवात गरेको छ ।

लिग अन्तर्गत सोमबार बेलुका घरेलु मैदानमा भएको आफ्नो पहिलो खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएर प्रभावशाली सुरुवात गरेको हो ।

राजस्थानले प्रस्तुत गरेको १२६ रनको लक्ष्य हैदरावादले मात्रै १५ औभर पाँच बलमा एक विकेटको क्षतिमा भेट्टायो । हैदरावादका लागि शिखर धवनले ५७ बलमा १३ चौका र एक छक्काको मद्दतमा नटआउट ७७ रन बनाए ।

कप्तान केन विलियमसनले ३५ बलमा ३ चौका र १ छक्काको सहयोगमा नटआउट ३६ रनको योगदान दिए । सुरुमा आएका ऋद्धिमन साह पाँच बलमा पाँच रन बनाउँदा आउट भए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १२५ रन बनायो । उसका लागि सञ्जु सामसोनले ४२ बलमा ४९ रन बनाए । यसैगरी श्रेयस गोपालले १८, राहुल त्रिपाठीले १७ तथा अजिन्क्या राहणेले १३ रन बनाए । – एजेन्सी