५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकले ल्यायो नयाँ सुविधा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित Verified by Visa(VbV) – 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएको भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुनबाट जोगाउँदछ ।

एक पटक रजिस्टर्ड गरे पछि Visa Debit Card का प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट Internet को माध्यमबाट सुरक्षित एवं सहज रुपमा Online e-commerce   को कारोवार गर्न सक्ने बैँकले जनाएको छ ।

बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई बैंकका भिसा डेबिटकार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैंकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।

भारतको Izealiant Technologies Pvt. Ltd. को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो । उक्त सेवा सुचारु गर्नको लागि बैंकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको website www.laxmibank.com  मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्ने जनाइएको छ ।