काठमाडौँ, २६ चैत । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुने कम्पनीले बताएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा गराइनसकेकोे अवस्थामा संघसँगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसँग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गरे ।
उनले नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडले आफना सदस्य कृषकहरुको व्यावसायिक हितलाई सधैँ ध्यानमा राखी सराहनीय कार्य गरेकोमा संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद समेत दिए ।
रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सबैसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्दै कम्पनी अगाडी बढि रहेको जानकारी दिए ।















प्रतिक्रिया