५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशियाको नयाँ शाखा भरतपुर चोकबजारमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : राजेन्द्र आचार्य/चितवन

चितवन, २६ चैत । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भरतपुर ६ चोकबजारमा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा गरे ।

महानगरपालिका प्रमुख दाहालले शाखा सञ्जाल बिस्तार रणनिति एक अग्रगामी कदम भएको बताइन । ‘देश संघियतामा गइसकेको छ, अबको समय समृद्धीको हो ।’

दाहालले उद्घघाटन गर्दै भनिन ‘बैंकले देशको आर्थिक विकासमा सकारात्मक भूमिका खेल्नेछ ।’ स्थानीय सरकारले बैंक र बित्तिय क्षेत्र संग सम्बन्धित क्षेत्रको शान्ति सुरक्षाको प्रत्याभूति गराउने दाहालको भनाइ छ ।

बैंकको १७३ औ शाखाको रुपमा भरतपुर महानगरपालिका ६ चोकबजारमा एटिएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक संचालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए ।

‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ गाउमा शाखा बिस्तार लक्ष्य राखेको अर्यालको भनाइ छ ।

सोहि अबसरमा चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण अर्यालले बैङ्किङ्ग क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार गर्नु सकारात्मक भएको टिप्पणी गरे ।

कार्यक्रममा भरतपुर वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले गीतानगर क्षेत्रमा एटिएम सेवा सहितको बैंक शाखा सञ्जाल विस्तारले यहाँको आर्थिक विकास, बचत र लगानीमा बृदी हुने अपेक्षा ब्यक्त गरे । बैंकले पश्चिम चितवनमा नै पहिलो पटक एटिएम सुबिधा समेत प्रदान गर्ने भएको छ ।

बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।