२ कार्तिक २०८३, सोमबार

आइपीएलमा कोलकतासँग बैंगलोर ४ विकेटले पराजित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २६ चैत । सुनिल नारिनले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोएल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ ।

घरेलु मैदान एडेन गार्डेनमा कोलकताले १७७ रनको लक्ष्य १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कोलकताको जितमा ओपनर नारिनले अर्धतशक बनाए । नारिनले १९ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए ।

नितिश रानाले ३४ रनको योगदान गरे । रानाले २५ खेल्दै समान २ चौका र २ छक्का प्रहार गरे । कप्तान दिनेश कार्तिकले २९ बल खेल्दै ४ चौकाको मद्दतमा नटआउट ३५ रन बनाए ।

आन्द्रे रसेलले १५ तथा रोविन उथापाले १३ रनको योगदान गरे । बलिङमा बैंगलोरका क्रिस वोक्सले ३ तथा उमेश यादवले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । बैंगलोरका लागि ए बी डेभिलिएर्सले सर्वाधिक ४३, ब्रेण्डन म्याकुलमले ४३, मन्दिप सिंहले ३७ तथा कप्तान विराट कोहलीले ३१ रन बनाए ।

बलिङमा कोलकताका नितिश राना र विनय कुमार २–२ विकेट लिए भने नारिन, पियुष चावला र मिचेल जोनसनले समान १ विकेट लिए । – एजेन्सी