२ कार्तिक २०८३, सोमबार

आईपीएल : सन्दीप आबद्ध दिल्ली पराजित, पञ्जाब ६ विकेटले विजयी

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २५ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ । पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १६७ रनको विजय लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा भेट्टायो । पञ्जाबका लोकेश राहुलले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, करुण नैरले ५०, डेभिड मिल्लरले २४ रन, मारकुस स्टोइनिस २२ रन र युवराज सिंहले १२ रन जोडे । दिल्लीका ट्रेन्ट बाउल्ट, क्रिश मोरिस, डेनियल क्रिस्टियन र राहुल तेवातियाले समान १/१ विकेट लिए ।

यसअघि पञ्जाब क्रिकेट एशोसियसन स्टेडियम मोहलीमा मोहलीमा टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो । दिल्लीका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ५५ रन बनाए । त्यस्तै, रिसभ पन्त २८, क्रिश मोरिसले २७, विजय शंकर र डेनियल क्रिस्टियनले समान १३/१३ र शेरियस ऐरले ११ रन बनाए ।

पञ्जाबका मोहित शर्मा र मुजिब अर रहमानले २/२ तथा रवीचन्द्रन अश्वीन र अक्षर पटेलले समान १ विकेट लिए ।