
काठमाडौं, २५ चैत । हप्ताको पहिलो दिन आइतबार सेयर बजार ४४.२६ अंकले उकालो लागेको छ ।
आइतबार बिहान १२५०.३९ अंक रहेको नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टामै १२६८.३६ अंक पुगेको थियो । अर्को आधा घण्टामा बजार ओरालो लागेर १२५२ अंक सम्म पुगेको थियो ।
त्यसपछि लगातार उकालो लागेको नेप्से परिसूचक १३०३.१ अंक पुग्यो । तर बजार बढ्ने क्रममा ब्रेक लाग्दा १० मिनेटमै २८ अंकले ओरालो लागेको नेप्से परिसूचक अन्तिम १० मिनेट पुनः २० अंकले उकालो लाग्दा १२९४.६५ अंकमा पुगेर रोकिएको हो ।

आइतबार धेरै सयम पछि १ सय ७६ कम्पनीको ९१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । बिगत केहि महिना देखि ३०–४० करोड रुपैयाँ आसपासमा सेयर खरिद बिक्रि हुने गरेको थियो ।
३ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको नबिल बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो । आइतबार कारोबार भएका १४ कम्पनीको मूल्य ओरालो लाग्दा राधी बिद्युत कम्पनी धेरै रकम ओरालो लाग्ने कम्पनी बन्यो । राधीको मूल्य ३.४३ प्रतिशतले ओरालो लाग्यो ।
यस्तै धेरै रकम बढ्ने कम्पनीको सूचीमा सुर्योदय लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था रहे । सुर्योदय र महुलीको मूल्य अधिकतम १० प्रतिशतले उकालो लागेको हो ।















प्रतिक्रिया