
काठमाडौं, २५ चैत । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवर्द्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा “गो ग्रिन” अभियानअन्तर्गत रही “उज्यालो अभियान” को एक हिस्साका रुपमा १० औं वार्षिक लक्ष्मी केयर्स माउन्टेन बाइक र्याली शनिबार सम्पन्न भएको छ ।
दुई सय भन्दा धेरै साइकलयात्रीको सहभागीता रहेको र्यालीले १३ किलोमिटरको दुरी तय गरेको थियो । कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरे । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भई टंगाल उड, टंगाल पुगि सकिएको थियो ।
यो वार्षिक कार्यक्रमले जनचेतना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यसअघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल तथा च्यारिटिसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ ।
गत वर्षहरुमा उज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको थियो ।















प्रतिक्रिया