३ कार्तिक २०८३, मंगलबार

३३ किलो सुनकाण्डको जालो खुल्दै, ठमेलका व्यापारी भुजुङ गुरुङ पक्राउ

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । तस्करी गरी नेपाल ल्याइएको ३३ किलो सुन प्रकरण नयाँ मोडमा पुगेको छ ।

प्रहरीले काठमाडौँको ठमेलका व्यापारी भुजुङ गुरुङलाई पनि पक्राउ गरेको छ । सुन तस्करी र त्यसपछि भएको सनम शाक्यको हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ ।

रसुवा नाका हुँदै नेपाल भित्रिएको सुन भरियाले गायब गरेको अभियोगमा सुनसरीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो । अपराध अनुसन्धान महाशाखाका प्रहरीले विराटनगरमा उनको शव सार्वजनिक गरेका थिए । तर, हत्यामा प्रहरीको पनि संलग्नता देखिएपछि उच्चस्तरीय छानबिन समिति बनाइएको थियो । छानबिन समितिको सिफारिस अनुसार अपराध अनुसन्धान महाशाखाका प्रमुख रहेका एसएसपी दिवेश लोहनीसहित तीन प्रहरी अधिकारीलाई आइतबारबाट प्रहरी हेडक्वार्टरमा तानिएको छ ।

स्रोतका अनुसार, सनम हत्या प्रकरणले सुन तस्करीको जालो विस्तारै खोल्दै लगेको छ । ठमेलस्थित मनाङ होटेलका पूर्वसंचालक समेत रहेका भुजुङ गुरुङलाई हिरासतमा राखी अनुसन्धान गरेपछि थप रहस्य खुल्ने प्रहरीको विश्वास छ ।