मुम्बई । बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म ‘रेड’ले एक सय करोडको क्लवमा पर्न सफल भएको छ ।
‘रेड’ले पछिल्लो समय बलिउड फिल्मको सफलताको मानक मानिदै आएको सय करोड भारूको आँकडा पार गरेको हो । फिल्मले कछुवा गतिमा सो आँकडा पार गर्न सफल भएको जनाइएको छ ।
‘रेड’ यस वर्ष सय करोडको आँकडा पार गर्ने चौथो फिल्म हो । ‘पद्मावत’, ‘सोनु के टिटुकी स्वीटु’, र ‘बागी २’ पछि यस लिस्टमा ‘रेड’ सूचिकृत भएको छ । ‘रेड’ सय करोड कमाउने अजयको आठौं फिल्म हो । – एजेन्सी















प्रतिक्रिया