४ कार्तिक २०८३, बुधबार

चुरोटको धुँवा उडाएपछि माहिरा विवादित

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पाकिस्तानी अभिनेत्री माहिरा खान एकपटक फेरि चर्चामा आएकी छन् । एक बलिउड गीतका कारणले उनी चर्चाको केन्द्रबिन्दु बनेकी हुन् ।

उनले डान्स गरेको एक भिडियो अहिले सोशल मिडियामा भाइरल भएको छ । जुन भिडियोमा उनले जमेर नृत्य गरेकी छन् ।

माहिरा केही दिन पहिले कराचीस्थित आफ्नो मिल्ने साथीको मेहन्दी कार्यक्रममा पनि पुगेकी थिइन् । सो कार्यक्रममा उनले युपी बिहार लुटने, जब वी मेट, बटरफ्लाई लगायत ५/६ गीतमा प्रस्तुति दिइन् ।

हुन त केही दिन पहिले माहिराको केही तस्बिर सार्वजनिक भएको थियो । तस्बिरमा उनी रणबीर कपुरका साथ चुरोट खाएर धुवा उडाउदै गरेको देखिएकी थिइन् । तस्बिर भाइरल भएपछि रणवीर र माहिराको सम्बन्धको विषयमा पनि चर्चा चलेको थियो । तर यो विषयमा दुबैले मुख खोलेनन् ।

माहिराले शाहरुखको चलचित्र रईसबाट अभिनयमा डेब्यु गरेकी थिइन् । तर अहिले उनी पाकिस्तानी चलचित्र ७ दिन मोहब्बत इन को प्रचार प्रसारमा जुटिरहेकी छन् । माहिरा पाकिस्तानकी महँगी अभिनेत्री हुन् । कराचीमा जन्मिएकी उनका बुबा दिल्लीमा बस्थे । तर पछि पाकिस्तान सिफ्ट भएका थिए । – एजेन्सी