३० आश्विन २०८३, शुक्रबार

ट्रम्प सञ्चारकर्मीको भोजमा सहभागी नबन्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेको आयोजकले जनाएको छ ।

‘हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही अप्रिल २८ मा गरिने वार्षिक भोज कार्यक्रममा सहभागिता नजनाउने राष्ट्रपतिको कार्यालयले सूचना दिइसकेको छ’, भोज आयोजक संगठनका अध्यक्ष मार्गरेट तालेवले शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी गराए ।

अमेरिकी राष्ट्रपतिले सिएनएन र न्यूयोर्क टाइम्सजस्ता अमेरिकी प्रमुख सञ्चारमाध्यमहरू निरन्तर आफूविरूद्ध पूर्वाग्रही बनेको बताउँदै आएका छन् ।

ट्रम्पले गतवर्ष भोजभइरहेकै समयमा आफ्ना समर्थकहरूले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाएका थिए । – एएफपी