महोत्तरी, २३ चैत । महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले शुक्रबारबाट एटिएम सेवा शुरु गरेको छ ।
सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन गरिएको शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा २४ औँ घण्टा सञ्चालनमा रहने पनि उहाँले बताउनुभयो ।
गौशालामा एटिएम सेवा सञ्चालन गरिने यो पहिलो बैंकका रुपमा स्थापित भएको छ । प्रदेशसभा सदस्य भरत साहले सो सेवाको शुरुवात गर्नुभएको हो । प्रदेशसभा सदस्य साह यस शाखाको सेवाग्राहीसमेत रहेको बैंकले जनाएको छ । –रासस















प्रतिक्रिया