२ कार्तिक २०८३, सोमबार

लगातार चौँथो जित निकाल्दै काठमाडौँ गोल्डेन्स डीपीएलको प्लेअफमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ चैत । लगातार चौंथो जित निकाल्दै काठमाडौँ गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबारको खेलमा विराटनगर किङ्सलाई ५ विकेटले हराएसँगै काठमाडौँले डीपीएलको प्लेअफमा स्थान बनाएको छ ।

विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाडौँले अन्तिम बलमा भेट्टायो । काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले अविजित सर्वाधिक ६८ रन बनाए । त्यस्तै, भुपेन्द्र थापाले ३६, सन्नी पटेलले २५, पुष्प थापाले २४ र सुवोध भाटीले १० रनको योगदान गरे । विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, सुब्हम कामत र मंजित श्रेष्ठले एक/एक विकेट लिए ।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । उसका लागि बाबर हयातले सर्वाधिक ६७ रन बनाए । त्यस्तै दिलिप नाथले ३३, बसन्त रेग्मीले १०, पृथु बास्कोटाले ११, सौरभ खनालले ९ र कप्तान पारस खड्काले अविजित ८ रन बनाए ।

काठमाडौँका ललित राजवंशीले ३ रासिद खानले २ तथा सुवोध भाटीले १ विकेट लिए ।