१ कार्तिक २०८३, आइतबार

दिल्लीमा प्रधानमन्त्री ओली : भारतीय उद्योगी व्यापारीसँग छलफल जारी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । तीन दिने राजकीय भ्रमणका लागि आजै भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय व्यापारीक समुदायसँग छलफल जारी राखेका छन् ।

नेपालमा राजनीतिक स्थायीत्व भएपछि लगानीमैत्री वातावरण बनेको आस्वस्त पार्नका लागि प्रधानमन्त्री ओलीले यो अन्तरक्रियामा सहभागीता जनाएका हुन् ।

भारतीय विदेश मन्त्रालय, एफआइसीसीआई, सीआईआई तथा चेम्बरले आयोजना गरेको कार्यक्रमा ओलीले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन् । छलफलमा नेपाल–भारत पारस्परिक लगानीका विषयमा कुराकानी चलिरहेको छ । प्रधानमन्त्री ओलीले केहीबेरमा सम्बोधन गर्नेछन् ।