
काठमाडौं, २३ चैत । तीन दिनका लागि राजकीय भ्रमणमा भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत त्यहाँका गृहमन्त्री राजनाथ सिंहले गरेका छन् ।
नेपाल वायु सेवा निगमको विमानबाट इन्दिरा गान्धी विमानस्थलमा पौने ११ बजे अवतरण गरेका प्रधानमन्त्री ओलीको स्वागतका लागि सिंह विमानस्थल पुगेका थिए ।
तीन दशकमा पहिलोपटक नेपालबाट दुईतिहाई बहुमतको सरकारका प्रधानमन्त्रीका रूपमा ओलीको भारत भ्रमण भएको हो । यसअघि उनी बहुमतको सरकारका रूपमा डेढ वर्ष अघि भारत पुगेका थिए ।
शक्तिशाली सरकारको प्रधानमन्त्रीको भ्रमण हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोडेर स्वागत गर्ने अनुमान गरिएको थियो । तर मोदीको स्वागत दूतका रूपमा सिंह विमानस्थलमा आएका थिए ।















प्रतिक्रिया