१ कार्तिक २०८३, आइतबार

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्न वर्ग कर्जा परिचालन गर्न सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रा.लिसंग सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोवाईल्स प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् ।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि अति उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिईन्छ । जुनसानो पुँजीको लगानीबाट शुरुवात गर्न सकिन्छ । यस सम्झौता अनुरुप बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको तीन पांग्रे सवारी साधान पियाजोलाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानी गर्नेछ ।

सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाइदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

बैंकले यसअघि पनि आफ्नो ५९ शाखा तथा ९ शाखारहित बैंकिङमार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ । सिभिल बैंकले देशको युवाहरुको रोजगारीको सृजना गर्नको निमित्त सहजकर्जा प्रदानगर्न पहल गरेको माविवेक अटोमोवाईल्स प्रा.लिका कार्यकारी निर्देशक विवेक दुगडले धन्यवाद ज्ञापन गरे ।