३० आश्विन २०८३, शुक्रबार

महिलाका सवालमा आफै चुक्यो बेलायत, महिलामाथि यति ठूलो विभेद

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ चैत । कार्यक्षेत्रमा महिलाप्रति गरिएको विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै आठ कम्पनीले महिलालाईभन्दा पुरूषलाई बढी पारिश्रमिक दिने गरेको बिहीबार सार्वजनिक एक तथ्याङ्कले खुलासा गरेको छ ।

कुनैपनि कम्पनी वा फर्म जसमा २५० भन्दा बढी कामदार रहेका छन् तिनीहरूमा पारिश्रमिकमा लैङ्गिक विभेद छ वा छैन पुष्टि हुनेगरी ‘सरकारी समरूपता कार्यालय’मा विवरण बुझाउनुपर्ने कानून प्रधानमन्त्रीको पहलमा ल्याइएको थियो ।

यसै कानून अनुसार बुधबार मध्यरातसम्म १० हजार १५ व्यवसायिक कम्पनीले तथ्याङ्क उपलब्ध गराएका छन् । तथ्याङ्क नबुझाएका कम्पनी तथा फर्मलाई कानून अनुसार कारबाही गरिने उक्त कार्यालयले जनाएको छ ।

प्राप्त तथ्याङ्क अनुसार झण्डै ७८ प्रतिशत व्यवसायिक फर्म तथा कम्पनी तथा सार्वजनिक क्षेत्रमा कार्यरत संस्थाले महिला कामदारलाई भन्दा पुरुष कामदारलाई बढी पारिश्रमिक दिने गरेको पाइएको हो ।

यद्यपि १४ प्रतिशतले भने पुरुषलाईभन्दा महिलालाई बढी पारिश्रमिक दिने गरेको प्रतिक्रिया दिएका र आठ प्रतिशतले पारिश्रमिक दिँदा कुनै लैङ्गिक विभेद नगरेको जनाएका छन् ।

तथ्याङ्क अनुसार औषतमा महिला र पुरुषबीचको पारिश्रमिकमा १२ प्रतिशतको फरक पाइएको छ ।

प्रधानमन्त्री मेले यसै हप्ता पारिश्रमिकमा रहेको लैङ्गिक विभेदलाई अन्त्य गरिने बताइन् । बेलायतको इतिहासमा मार्गरेट थ्याचरपछि अर्थात् दोस्रो महिला प्रधानमन्त्रीका रूपमा कार्यरत मेले पारिश्रमिकमा गरिने असमानतालाई हटाउन चाहेकी छिन् । – एएफ्पी