मुम्बई । बलिउडमा नाम चलेका महिला कलाकारहरू यौनहिंसामा परेको खुलाउन थालेका छन् । उनीहरू अहिले चर्चामा छन् । कंगनाले रानावतले बरखा दत्तको किताव सार्वजनिक कार्यक्रममा यस विषयमा बोलेकी थिइन् ।
१७ वर्षको उमेरमा मलाई बुबाको उमेरका एक व्यक्तिले शारीरिक शोषण गरेको बताएकी थिइन् । सो समयमा कंगनाले नाम लिएकी थिइनन् । उनको इसार आदित्य पञ्चोलीतिर थियो । उनका साथ कङ्गना एक समय रिलेसनसीपमा समेत थिइन् ।
पाकिस्तानी मुलकी अभिनेत्री सोमी अलीले एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन्, ‘म कयौ तरको घरेलु हिंसा सहेर हुर्किएकी हुँ । जब म पाँच वर्षको थिए । तब ममाथि यौनशोषण भएको थियो । १२ वर्षमा म अमेरिका सिफ्ट भए । तर १३ वर्षको उमेरमा मेरो बलात्कार भयो । सोमी ८ वर्षसम्म अभिनेता सलमान खानसँगको सम्बन्धमा रहेकी थिइन् ।
शीला रे मोडल, अभिनेत्री तथा सामाजिक कार्यकर्ता थिइन् । उनले सत्ते पे सत्ता र बादशाह जस्ता चलचित्रमा काम गरेकी छिन् । उनी अभिनेता सुधिरकी पत्नी थिइन् । निर्देशक महेश भट्टसँगको सम्बन्ध कारणले पनि उनी चर्चामा थिइन् । सन् १९७७ मा उनलाई ४ जनाले रातभर सामूहिक बलात्कार गरेर बिहान घरको अगाडि फालिदिएका थिए । सो समय उनको छोरा १२ वर्षका थिए । सन् १९९० मा ४४ वर्षको उमेरमा उनको निधन भयो ।
कल्की कोचलिन एक टिभी समाचारका लागि उनले ९ वर्षको उमेर एक व्यक्तिले आफूसँग यौनसम्बन्ध राखेका थिए । उक्त समय उनलाई सेक्स भन्ने थाहा थिएन । त्यसपछि उनलाई पछुतो भयो । कयौँ वर्षसम्म उनले यो विषय लुकाएकी थिइन् ।
सपना भवनानी बिग बोस ६ की प्रतियोगी हेयर स्टाइलिष्ट सपनाले एक अन्तवार्ताको क्रममा २४ वर्षको उमेरमा आफू सामूहिक बलात्कारको शिकार भएको खुलासा गरेकी थिइन् । उनको साथ यो घटना शिकागोमा क्रिसमस डेमा भएको थियो ।
मोडल तथा अभिनेत्री पद्मा लक्ष्मीले आफ्नो किताव बिमोचन कार्यक्रममा ७ वर्षको उमेर सौतेनी बुबाले आफ्नो यौन शोषण गरेको खुलासा गरेकी थिइन् । सो समय कसैले उनको भरोसा नगरेको पनि उनले बताइन् ।
पण्डित रवि शंकरकी छोरी तथा सितार बाधक अनुष्का पनि यो अबस्थाबाट गुज्रिएकी छन् । उनले एक कार्यक्रममा बच्चामा आफू यौन उत्पीडनको सिकार हुनु परेको बताएकी थिइन् । उनले यो हर्कत गर्ने मान्छे आफ्नो परिवारको नजिकको भएको बताएकी थिइन् ।
ब्रिटीस अभिनेत्री तथा मोडल सोफिया हयातले पनि आफ्नो यौन शोषणको कुरा बाहिर ल्याएकी थिइन् । केही वर्ष पहिले उनले ट्वीट मार्फत १० वर्षको उमेरमा आफू यौन शोषणको सिकार भएको सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो बलात्कार आफ्नै अंकलले गरेको समेत बताएकी थिइन् । – एजेन्सी















प्रतिक्रिया