१ कार्तिक २०८३, आइतबार

विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ चैत । कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् ।

बंगलादेश र भारतबाट आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा परेकोे हो । ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नम्बर–२ अध्यक्ष जुजुकाजी महर्जन भन्सार शुल्क बढी तिर्नुपर्ने, दक्ष जनशक्ति नपाइने र महँगो ज्यालाका कारण नेपाली कपडालाई विदेशीसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउनुहुन्छ । “सरकार र आम नागरिकले नेपाली कपडा प्रवर्द्धन गर्न सक्छन् ।” उहाँ भन्नुहुन्छ, “दुई/चार रुपैयाँ महँगो परे पनि स्वदेशी सामान नै प्रयोग गर्छु भन्ने सोच्न आवश्यक छ ।”

अघिल्लो वर्षसम्म यी उद्योगले विद्युत् भार कटौतीको समस्या भोग्दै आएका थिए । त्यतिबेला समयमा कपडा दिन नसक्दा ठमेल आसपासका धेरै व्यापारीले अहिले यहाँबाट उत्पादित कपडा लिन छाडिसकेका छन् । उहाँ भन्नुहुन्छ, “त्यतिबेला व्यापारीलाई हामीले समयमा दिन कपडा सक्दैनौँ भन्ने सोच थियो, अहिलेसम्म पनि त्यसमा परिवर्तन आएको छैन ।” नगर क्षेत्रमा उद्योग सञ्चालनका लागि हुने कठिनाइसँगै दक्ष जनशक्तिको अभाव यी उद्योगले भोग्दै आएका छन् । ‘औद्योगिक ग्राम’ बन्दा धेरै खालका समस्या समाधान हुने उहाँको भनाइ छ ।

कपडाको व्यवसाय यस क्षेत्रमा पुख्र्यौली पेशा बनिरहेको छ । सन् १९९५ मा जापानी नागरिकले यस क्षेत्रमा कपडा बुन्न सिकाएका थिए । लुभू, बाँडेगाउँलगायतका क्षेत्रमा झण्डै १८० जना कपडा उद्योगमा संलग्न छन् । –रासस