१ कार्तिक २०८३, आइतबार

२७ अंकले बढ्यो नेप्से परिसूचक

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । लामो समय देखि उतारचढाव भईरहेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले उकालो लागेको छ ।बुधबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक २७.४५ अंकले बढेर १२२६.४५ अंकमा पुग्यो ।

बजारमा १ सय ६२ कम्पनीको ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । आइतबार २४.०५ अंक र सोमबार ३.२८ अंकले ओरालो लागेको परिसूचक मंगलबार भने ६.०४ अंकले उकालो लागेको थियो ।

दोहोरो अंकले उकालो लागेको बजारमा १ करोड ६२ लाख रुपैयाँको कारोबार गरेको नबिल बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो । बुधबार १० प्रतिशतले मूल्य बढेको कालिका माइक्रोफाइनान्स धेरै रकम बढ्ने कम्पनी बन्दा १.९१ प्रतिशतले मूल्य घटेको गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स धेरै रकम घट्ने कम्पनी बन्यो ।

दोहोरो अंकले बढेको बजारमा कारोबार भएका १ सय ६२ कम्पनी मध्ये ९ कम्पनीको मूल्य मात्र उकालो लागेको छ । बुधबार ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ५.६१ प्रतिशतले उकालो लागेको छ । यस्तै बजार मापक उपसूचकहरु पनि उकालो लागेका छन् ।